यु ए इ । फोटो पत्रकार रुपचन्द्र महर्जनले नेपालका गाउँ घुम्ने क्रममा गोरखाको भुम्लिचोक गा बि स को त्रिसुलि नदिमा तरकारीको भारी बाक्दै झुलुङ्गे पुल तरेकी कुसुम श्रेष्ठ को तस्वीर आफ्नो क्यामरामा कैद गरे । उनले लियका दुईवटा तस्वीरलाई आफ्नो आइडी मार्फत सामाजिक संजालमा सेयर गरेका थिय भने तत्काल ती तस्वीर लाई नेपाली तथा भारतीय नागरिकले तरकारीवाली उपनाम दियर धेरै सेयर गरेपछि उनको फोटो सामाजिक संजालमा भाइरल बन्यो ।
मेहेनती र सुन्दर युवती तरकारीवाली भन्दै नेपालका केहि अन्लाईन खबरले पनि तत्काल कुसुम को फोटो सहित समाचार प्रकाशित गरे पछी अन्तरास्ट्रिय मिडियाले समेत विशेष महत्त्व दियर उनका तस्बिर लाई प्रकाशित गरेका थिय । भर्खरै ११ कक्षामा पढ्दै गरेकी कुसुम श्रेष्ठ पाकिस्तानका एक युवा पछि सामाजिक संजाल मार्फत बिस्वमा परिचीत बनेकी पहिलो नेपाली महिला हुन ।
निलो आँखा भयका गोरो वर्णका पाकिस्तानी एक युवाले एउटा चिया पसलमा काम गर्दै गर्दा एक जना पत्रकारले फोटो खिचेर सामाजिक संजाल मार्फत बाहिर निकाले पछी यसैगरी अन्तरास्ट्रिय चर्चा पायका थिय । सामन्य परिवारमा जन्मियर चितवनमा बसि पढ्दै आयकी गोरखा कि कुसुम श्रेष्ठले तरकारीको भारी बोकेको फोटोले अन्तर्राष्ट्रिय चर्चा पाय पनि सामाजिक संजाल मार्फत भने आलोचना खेपी रहेको छ ।
कृषि प्रधान देशमा जन्मियर तरकारी खेती गर्नु र भौगोलिक विकटता भएको देशमा भारी बोक्नु नौलो नभएको भन्दै पत्रकारले पेसा लाई भन्दा कुसुम को सुन्दरता को बर्णन गरेको भन्दै सामाजिक संजालमा केहि दिन यता कुसुमका तस्वीर लाई ब्यङ्ग्यात्मक रूपमा आलोचना गरिएको छ । गाउँ घरमा जन्मियर दिन रात मेहनत गरि उदाहरणिय बनेका ब्यक्तिको बारेमा नलेखी दुई दिन भारी बोकेकै भरमा पत्रकारले युवतिको सुन्दरतालाइ मात्रै वकालत गरेको प्रति देश बिदेशमा रहेका नेपाली हरुले कमैले समर्थन भने धेरैले यसरी आलोचना गरेका छन ।
एकाएक चर्चामा आयकी कुसुम श्रेष्ठको फोटो प्रति धेरैले आलोचना गरे सङ्गै केहि ब्यक्तिहरुले भने कुसुम को चर्चाले सकारात्मक सन्देश दियको र युवा बर्ग लाइ कृषि पेसा प्रति आकर्शीत गर्न प्रेरणा मिलेको भनाइ राखेका छन। आफ्नै देशको नारिले अन्तर्राष्ट्रिय चर्चा पाउनु राम्रो कुरा भएको भन्दै हर्यक कुराको नकारात्मक विश्लेषण गर्न नहुने बतायका छन ।
यस्तै चर्चामा आय सङ्गै कुसुम लाई मोडलिङ र नेपाली चलचित्रमा अभिनय गर्न अबसर आयको भनी केहि अन्लाईनले समाचार प्रकाशित गरेका छन भने कुसुम ले पनिउ अबसर पाय आफुले अभिनय गर्न तयारी रहेको बतायकी छिन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



