एएफसी सोलीडारीटी कपमा नेपाल टिमोर लिष्टेसग‘ बराबरीमा रोकियो

एएफसी सोलीडारीटी कपमा नेपाल टिमोर लिष्टेसग‘ बराबरीमा रोकियो

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, कात्तिक २० । मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपालले आफ्नो पहिलो खेलमा कमजोर प्रदर्शन गर्दै तुलनात्मक रुपमा कमजोर टिमोर लिस्टेसँग गोल रहित बराबरी खेलेको छ । यो बराबरीसगै नेपालले अंक बाडेको छ ।

मलेसियाको कुचिङ स्थित निगेरी रंगशालमा सम्पन्न भएको खेलमा पहिलो हाफ्मा वर्षाले प्रभाव पारेको थियो । खेल अवधिभर नेपालले एक दर्जन बढी गोल गर्ने मौका पाए पनि गोल हुन सकेन । लिष्टेको तुलनामा बढी समय बल नियन्त्रणमा राखे पनि नेपाली स्ट्रईकरहरु गोल गर्न सफल हुन सकेनन् ।
पहिलो रोजाईगा नवयुग श्रेष्ठले पनि केही अवसर खेर फाले । त्यसै गरी सव्सिटीच्युट भरत खवासले ८१ औं मिनेटमा एकल प्रयासमा गरेको प्रहार पनि गोलपोष्ट भन्दा बाहिरीयो ।
नेपालका नवनियुक्त जापानी प्रशिक्षक कोजीले तयार पारेको टिमले गरेको प्रदर्शन प्रति उनी आफै सन्तुष्ट देखिएका थिएनन् ।
उनले अर्को खेलमा केही रणनीति परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।
उनले पोष्ट म्याच कन्फेरेन्समा धेरै आक्रमण गरेर पनि राम्रो नतिजा ल्याउन नसकेको भन्दै अर्को म्याचमा ध्यान दिने बताए । यो राम्रो पनि होईन र नराम्रो पनि होईन कोजीले भने ।
टिमोर लिस्टेको यो समूहको दोस्रो खेल हो । गत बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे बु्रनाइसँग ४–० ले पराजित भएको थियो ।

यसअघि नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोरलाई हराएको थियो । नेपालले समुह चरणको दोस्रो खेलमा आगामि मंगलबार ब्रुनाईसंग प्रतिस्पर्धा गर्नेछ ।

सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी