‘याक अट्याक’ साइकलिङ रेस सुरु

‘याक अट्याक’ साइकलिङ रेस सुरु

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २० कार्तिक ।
विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस सुरु भएको छ । याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको दशौं संस्करण लमजुङबाट सुरु भएको हो ।

पहिलो दिनको रेस बेसिसहरबाट सुरु भएर चन्डीडाँडा, बाग्लुङपानी, घलेगाउँ फेदी हुँदै भलाम, सिम्पानी, खुदी भएर बेसीसहर आएर टुंगिएको छ । प्रतियोगीले करिब ३२ किलोमिटर दौडेका छन् ।

दोस्रो दिन बेसिसहरबाट सुरु हुने साइकलिङ मनाङ सदरमुकाम चामे पुग्ने छ । कुल १२ दिनको संस्करणमा प्रतियोगिहरुले १० दिन साइकलिङ र २ दिन आराम गर्नेछन् ।

प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीबाट सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको थियो ।

बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीज्अन्तर्गत् यति ट्रेल्सको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपालसहित १४ देशका ३१ पुरुष र ८ महिला सहभागी छन् ।

नेपाली ८ जनाले सहभागिता जनाएकोमा १ जना महिला छन् । प्रतियोगिताका निर्देशक इभान्सका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई १ हजार २ सय ५० अमेरिकी डलर, दोस्रोलाई ७ सय ५० डलर र तेस्रोलाई ५ सय डलर पुरस्कार प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी