छठका अवसरमा रक्तदान

छठका अवसरमा रक्तदान

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कलैया, २० कातिक ।  छठ पर्वको शुभअवसरमा बाराको बेलहिया बजारमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुभाष साहले रक्तदान गरेर कार्यक्रमको उदघाटन गरेका थिए । रक्तदान नै जिवन दान भएको बताउँदै प्रमुख अतिथि साहले गाउँस्तरमा भएको रक्तदानले शहरदेखी गाउँसम्मका व्यक्तिलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।

बेलहियामा यो पहिलो चोटी रक्तदान कार्यक्रम भएको र आउँने दिनमा प्रत्येक बर्ष छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम गरिने समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । ब्लडबैंकमा रक्तको अभावसंगै सर्वसधारणलाई समस्या परेकाले छठपर्वको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

छठ पुजा व्यवस्थापन समिति प्रस्टोका–६ बेलहियाको आयोजनामा भएको सो रक्तदान कार्यक्रममा दुई महिला सहित ३३ जनाले रक्तदान गरेको स्थानीय शिक्षक जगरनाथ साहले बताए ।

पन्नालाल साह, धर्मेन्द्र साह, उदित ठाकुर, सुनेश्वर साह, धर्मराज साह, नरेश साह, सरोज साह, कृष्णकुमार साह, सुरेन्द्र साह, लालबहादुर मण्डल, मोताब अंसारी, सुभाष साह, संदिप सराफ, ओमप्रकाश कुशवाहा, अञ्जली साह, ताज अंसारी, प्रदिपकुमार गुप्ता, शुभनारायण गुप्ता, प्रतिभाकुमारी साह, सोनु साह, उमेश राउत, हरिकिशोर साह, डायनियर साहले रक्तदान गरेका थिए  ।

यसैगरी छविलाल साह, बिनोद साह, कलिममुल्लाह अंसारी, मुखतार अंसारी, मनरञ्जन साह, जुमाईमिया अंसारी, अभिमन्यु नेपाल, दिपक मण्डल, बीरेन्द्र साह र रोशन सराफले रक्तदान गरेको स्थानीय सुमित ठाकुरले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ