प्रचण्ड सरकारको तीन महिना पूरा : तर काम सबै अधुरा !

प्रचण्ड सरकारको तीन महिना पूरा : तर काम सबै अधुरा !

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौं कार्तिक २० । काग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको तीन महिना पुरा भएको छ । तर यो तीन महिनामा के के उपलव्धि भयो भनेर कसैले हिशाब गरेको छैन । यद्यपि धेरै नेताहरुको प्रतिकृया छ तीन महिना उपलव्धि हीन रह्यो ।
साउन १९ गते निर्वाचीत भएर २० गते शपथ खाएका प्रधानमन्त्री दाहालले अझै सम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन ।

यसै गरी संविधान कार्यन्वयन गर्ने र मधेशवादी दलको माग संवोधन गर्न सविधान ससोधन गर्ने सहमति भए पनि अहिले सम्म संसदमा त्यस्तो प्रस्ताव दर्ता समेत हुन सकेको छैन ।
संविधान कार्यन्वयन लागि अनिवार्य शर्त जस्तो देखिएको तीन वटै संरचनाको निर्वाचनको मिति समेत सरकारले तोक्न सकेको छैन ।

त्यस बाहेक भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गराउन सफल हुनु जस्ता कुरालाई सरकारले उपलव्धिको सूचीमा राख्न सक्ने देखिएको छ ।
भारतीय राष्ट्रपतिको भ्रमणका सिलसिलामा समेत सार्वजनिक विदा दिएर सरकार चौतर्फी आलोचनाको शिकार भएको छ ।
त्यसै गरी असोज अन्तिम साता हुने भनिएको चीनीया राष्ट्रपतिको भ्रमण गराउन नसक्नु सन्तुलित कुटनीतिक भूमिकाको नाममा गलत कुटनीतिक कदमहरु चालिएको जस्ता विषयमा सरकारको यस क्षेत्रका जानकारबाट समेत आलोचना भएको छ ।
काग्रेस र माओवादीबीच भएको सात बुदे सहमति अनुसार पनि अब सरकारको आयु ६ महिना मात्र बाकी रहेको छ ।
प्रधानमन्त्री दाहाल पहिलो पटक २०६५ सालमा ९ महिना प्रधानमन्त्री भएका बेला अनुभवको कमी भएको र अब दोस्रो पटक धेरै काम गर्न सक्छन् भन्ने पार्टी र समर्थकहरुको अपेक्षा विपरीत दाहालले विस्तारै विस्वास गुमाउदै गएको भन्दै पार्टी भित्रै समेत आलोचना भएको छ ।
माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले राष्ट्रियताका सवालमा केही प्रतिकृल जस्ता देखिने भारतसग‘को २५ बुदे सयुक्त विज्ञप्ति, मुखर्जी भ्रमणको बेला सा्र्वजनिक विदा जस्ता कुराले राष्ट्रियतामाथि माओवादीको अडानमा प्रश्न उठेको प्रतिकृया दिएका छन् ।
यद्यपि, प्रधानमन्त्री दाहालले आफ्नै मन्त्रीहरुलाई बोलाएर किन राम्रो काम हुन सकेन ? भन्दै गुनासो गर्नु भएको खबर बाहिर सार्वजनिक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ