एएफसी सोलिडारिटी कपमा आज नेपालले टिमोर लिस्टेको सामना गर्दै

एएफसी सोलिडारिटी कपमा आज नेपालले टिमोर लिस्टेको सामना गर्दै

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, कात्तिक २०
मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपालले आज आफ्नो पहिलो खेलमा टिमोर लिस्टेको सामना गर्दै छ । यी दुइ टोली विचको खेल नेपाली समय अनुसार साँझ  सवा ५ बजे मलेसियाको कुचिङ स्थित निगेरी रंगशालमा हुनेछ ।

टिमोर लिस्टेको यो समूहको दोस्रो खेल हो । गत बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे बु्रनाइसँग ४–० ले पराजित भएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेल गुमाएको भएपनि आफूहरुले उसलाई कमजोर रुपमा नलिएको बताएका छन् । तर नेपाली टोली टिमोर लिस्टेसँगको खेलका लागि पूर्ण रुपमा तयार रहेको प्रशिक्षक कोजीको भनाई छ ।

नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोरलाई हराएको थियो । टिमोर टिम सन् २०११ भन्दा पूर्ण रुपमा परिवर्तन भइ उनीहरु कमजोर नभएको भन्दै नेपाली टोलीका कप्तान अनिल गुरुङले आफूहरु पनि खेलका लागि पूर्ण तयार रहेको बताएका छन् ।

सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी