गायक विमलराज क्षेत्रीको लौरी रितुले लुकाएपछी के भयो (भिडियो हेर्नुहोस)

गायक विमलराज क्षेत्रीको लौरी रितुले लुकाएपछी के भयो (भिडियो हेर्नुहोस)

  • शुक्रबार, कार्तिक १९, २०७३
  • कमल सरगम

  • 7.7K
    SHARES

कार्तिक -काठमाण्डौ
नेपाली लोकदोहोरी क्षेत्रका अत्यन्तै चर्चित गायक तथा सर्जक बिमलराज क्षेत्रीको आवाजमा नयाँ लोकदोहोरी गीत “लौरी लुकाउनी”बजारमा आएको छ ।धेरै दर्शक श्रोताको रोजाइमा रहनु भएका २०५६ साल देखि निरन्तर लोकदोहोरी क्षेत्रमा लाग्दै आएका बिमलराज क्षेत्रीको धेरै गीतहरु चर्चामा छन ।बल्लै भो भेट,सुपारी चाम्रो,अंगुर अमिलो ,मधु बनैमा लगाएतका बिभिन्न गीतहरुले विमलराज क्षेत्रीलाइ  लोकदोहोरी क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित गराए  । लोकुन्मुख गीतहरुलाई संरक्षणको हेतुले धौलागिरीको सेरोफेरोमा खेलिने “लौरी लुकाउनी”खेल  लाइ समाबेस गरि मौलिक शब्दमा उनेर उत्कृष्ट लयमा बजारमा ल्याएको यस गीतलाई प्रसान्ति डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको छ ।विमलराज क्षेत्री र ऋतु थापाको सुमधुर आवाज रहेको यस गीतमा लय पनि बिमल राज क्षेत्रीलेनै गर्नु भएको छ ।बिष्णु घिमिरेको शब्दमा बजारमा आएको गीत बिष्णु घिमिरेकै प्रस्तुति रहेको छ।  गीतको म्युजिक भिडियोलाई कुमार केशीले निर्देशन गर्नु भएको छ ।अजय रेग्मीको कोरियोग्राफमा निर्माण भएको म्यूजिक भिडियोमा अभिनय भने करिश्मा ढकाल र चर्चित मोडल तथा नायक एस राजले गरेका छन ।प्रसान्ती डिजिटल को युटुब च्यानलमा सार्बजनिक यस गीतले बाग्लुङ तथा यस का आसपासको क्षेत्रलाई बिसेष प्राथमिकता दिएको छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=aOgzw94i6CQ&feature=youtu.be

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी