बिद्धुतिय झिलमिलीले कुमालको पेशा संकटमा !

बिद्धुतिय झिलमिलीले कुमालको पेशा संकटमा !

  • बिहिबार, कार्तिक १८, २०७३
  • रबिन्द्र यादव

  • 7.1K
    SHARES

 नवलपरासी , १८ कार्तिक । विद्युत्तिय झिलिमिलीले पेसा संकटमा ! श्रोत सुक्यो यस्तै खबर छ । विद्युतिय झिलमिलीले कोहार जातीका पेसा संकटमा परेको छ ।माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएकाकोहार पेसाकर्मीहरु अलिहे रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण एकदशक देखि पेशासंकटमा पर्दै गएको हो ।

खासगरि शुभ दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन रसिंगार्न माटोकै दियो, पालो, गागरो, र घंटीहरुले प्रयोगले संस्कार बस्दै आएको थियो तर अहिले रेडिमेट बति तथा प्लास्टिक,स्टिलका भाँडोकुडोले पेशा संकटमा परेको हरपुर निवासी पुर्णवाशी कोहांरले बताउनु भयो ।पुर्णवाशी विगत ५० वर्षदेखि माटोकै विभिन्न भाडाकुडा, दियो पालो, घंटी, गागरोहरु बनाउदै आएका थिए ।

एक दशक अगाडी बतिबल्ब तथा स्टिल र प्लास्टिककाभाँडाकुडोको व्यापक प्रयोग नहुँदा घरमै मान्छेहरु खरिद गर्न आउँथे र हामी सम्पुर्ण घरपरिवारले कामगर्न भ्याई नभ्याई हुन्थयो तर यता एक दशक पछिघरपरिवार त पर जाओस मुख्य मिस्त्री म नै समेत बेरोजगार हुनु पर्ने अवस्था रहेको पुर्णवासीले बताउनु भयो ।पहिला शुभ दिपावली तथा छठपर्वका बेला मात्रै लाखांै नगद सहित ३-४ क्विन्टले धान समेत दियो रगागरोबाटआर्जन गरिन्थयो ।

चाडपर्व बाहेकका समयमा पनि तयारीगाउँगाउँ गई दियो, हांडि, जातो, गागरो, घंटी, घोलक, चुलोहरु समेत विक्री गर्दथ्यांै तर आजका दिनहरुमा गाउँभरि घुमेपनिकोई किन्नवाला भेटिदैन हाम्रो मुख्य आम्दानीको श्रोत नै ओझेलमा परेको पुर्णवासी दुख व्यक्त गर्नु भयो ।यसरी हिन्दु धर्मकोसंस्कारलाई स्टिल, पलास्टीक तथा विद्युतिय सामाग्रिको प्रयोगले माटोको कलात्तमके सामाग्रिको ब्यापार खस्किदैगएको कोहार पेसाकर्मिले बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ