बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्सको अन्तिम १६ मा

बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्सको अन्तिम १६ मा

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी, १८ कार्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा विजयी हुँदै जर्मन क्लब बोरुसिया डर्टमण्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
डर्टमण्डले पोर्चुगलको स्पोर्टिङलाई एक शुन्यले हराउँदै दुई खेल खेल्न बाँकी हुँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
यही समुहको अर्को खेलमा स्पेनको रियाल मड्रिडले पोल्याण्डको लेजिया वार्ससँग तीन तीन गोलको बराबरी खेलेको छ । गएरातिका खेलमा इङ्लिस क्लबहरुले भने खराब प्रदर्शन गरेका छन् । इंग्लिस क्लब टोटनह्याम हट्सपरलाई उसैको मैदानमा जर्मनीको बायर लिभरकुजेनले एक शुन्यले पराजित गरेको छ ।
लेस्टर सिटीले डेनमार्कको एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ । फ्रान्सको मोनाकोले भने रुसको सिएसकेए मस्कोलाई तीन शुन्यले हराएको छ । पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई एक शुन्यले पाखा लगाएको छ ।
समुह एचका खेलहरुमा इटालीको युभेन्टसले फ्रान्सको लियोसँग एक एक गोलको बराबरी खेलेको छ। एता स्पेनको सेभियाले क्रोएसियाको डाईनामो जाग्रबेलाई चार शुन्य गोल अन्तरले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी