जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश

जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १८ कार्तिक ।  

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पोर्टिङलाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलमा डर्टमण्डले पोर्चुगलको स्पोर्टिङ क्लबलाई १–० ले पराजित गर्दै दुई खेल खेल्न बाँकी छँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

समुहको अर्को खेलमा स्पेनको रियाल मड्रिडले पोल्याण्डको लेजिया वार्ससँग ३–३ को बराबरी खेलेको छ । गएराति भएका खेलमा इङ्लिस क्लबहरुले भने खराब प्रदर्शन गरेका छन् ।

टोटनह्याम हट्सपरलाई उसैको मैदानमा जर्मनीको बायर लिभरकुजेनले १–० ले पराजित गर्दा लेस्टर सिटीले डेनमार्कको एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ ।

यसैगरी फ्रान्सको मोनाकोले रुसको सिएसकेए मस्कोलाई ३–० ले हराउँदा पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई १–० ले पराजित गरेको छ ।

समुह एचका खेलहरुमा ईटालीको युभेन्टसले फ्रान्सको लियोसँग १–१ गोलको बराबरी खेल्दा स्पेनको सेभियाले क्रोएसियाको डाईनामो जाग्रबेलाई ४–० ले पाखा लगायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी