किन खाएनन ओलीले भारतीय भात ?

किन खाएनन ओलीले भारतीय भात ?

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कार्तिक १८ काठमाण्डौं ।  पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्टवादी अभिव्यक्तिका कारण पनि चर्चामा छन् । भारत विरुद्ध सत्तामा रहदा पनि र बाहिर हुदा पनि कडा रुपमा कटाक्ष गरेका ओलीले पछिल्लो समय बुधबार पनि सांकेतिक चुनौती दिएका छन् ।
सबै नेता मन्त्री बुद्धीजीवीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर भारतीय दुतावासले दिवाभोजको आयोजना गरेको थियो ।
त्यसमा काग्रेस सभापति शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री खलिराज रेग्मी सहित नेता र मन्त्रीहरु पुगेका थिए । साथै मधेशवादी दलका नेताहरु पनि पुगेका थिए । तर ओलीले दुतावासमा भोज खाने कार्यक्रममा नगए पछि त्याहा पुगेका नेताहरु चर्चा गरीरहेका थिए हैन ओली जी कस्तो मान्छे हो ? डिप्लोमेसीमा यो त अलि सुहाएन ।
तर ओलीले आफू नेतृत्वको सरकार ढालेको , नाकाबन्दी र मधेश आन्दोलनसग नकारात्मक भूमिका खेलेको, आफ्नो भारत भ्रमणका क्रममा सयुक्त विज्ञप्ति जारी नभएको जस्ता विषयले पनि नगएको हुन सक्ने आकंलन गरिएको छ  । पछिल्लो समय केपी ओली भारत विरोधी नेता जस्तो बन्दै गएका बेला यो चर्चा भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ