विश्व कप फुटबलको ट्रफी निर्माताको निधन

विश्व कप फुटबलको ट्रफी निर्माताको निधन

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी, १७ कात्तिक । विश्व कप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ । विश्व कप फुटबलको ट्रफीको डिजाइन र निमार्ण गरेका गाजानिगाको ९५ वर्षको उमेरमा इटालीको मिलानमा रहेको घरमा निधन भएको हो ।
मिस्टर कपको रुपमा चिनिने गाजानिगाले युइएफए कप तथा युइएफए सुपर कपको ट्रफीको डिजाइन गरेका हुन् । गाजानिगाले सन् १९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप राख्न पाउने अधिकार पाएपछि अहिले रहेको ६ किलोको विश्व कप ट्रफी बनाएका हुन् । फिफाले नयाँ ट्रफीका लागि ५३ वटा प्रस्ताव पाएकोमा गाजानिगाले बनाएको दुई खेलाडीले पृथ्वी उचालेको ट्रफीको डिजाइन छनौट भएको थियो । ट्रफीको तस्बिरको अधिकार फिफाले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी