आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी, १७ कार्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्र्तगत गएराति भएका खेलबाट आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नकआउट चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई तीन दुईले हराउँदै इङलिश क्लब आर्सनलले अन्तिम १६ मा पुगेको छ । खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका, ओलिभर जिरु र मेसुत ओजीलले एक एक गोल गरे ।
अर्को खेलमा स्विट्जरल्याण्डको एफसी बाजललाई दुई एकले हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी पनि अन्तिम १६ मा पुगेको छ ।
च्याम्पियन्स लिगको समुह डी बाट एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नक आउट चरणमा पुगेका छन् । स्पेनको एथ्लेटिको मड्रिडले रुसको एफसी रुस्तोभलाई दुई एकले हराउँदा जर्मनीको बायर्न म्युनिखले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई दुई एकले पराजित ग¥यो ।
च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले स्पेनको बार्सिलोनालाई तीन एक ले हरायो । सिटीका लागि ईके गुन्डोगानले दुई तथा केभिन डे ब्रायनले एक गोल गरे । पराजित टोली बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काए ।
गएराति भएका अन्य खेलमा पोर्चुगलको बेनिफिकाले युक्रेनको डाईनामो किभलाई एक शुन्यले हराउँदा टर्कीको बेसिक्टास र ईटालीको नापोलीले एक एक गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी