नेपालको लक्ष्य एएफसी सोलिडारिटी कपको उपाधि जित्नु : प्रशिक्षक कोजी

नेपालको लक्ष्य एएफसी सोलिडारिटी कपको उपाधि जित्नु : प्रशिक्षक कोजी

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ,१६ कार्तिक ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले नेपालको लक्ष्य एएफसी सोलिडारिटी कपको उपाधि जित्नु रहेको बताएका छन् ।

मलेसियाको कुन्चिङमा भोलीबाट शुरु हुने प्रतियोगिताको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजीले उपाधि जित्नेमा आफुहरु आशावादी रहेको बताएका छन् ।

पछिल्ला आठ महिनामा मात्र दुृई अन्तर्राष्ट्रिय म्याच खेले पनि लामो समयको तयारीले नेपाली टिम प्रतियोगिताको दाबेदार रहेको कोजीको भनाई थियो ।

प्रशिक्षक कोजीले भोली हुने इस्ट लिस्ट र बु्रनाईबीच समुह चरणको पहिलो खेलपछि मात्र नेपालले विपक्ष विरुद्ध रणनीति तयार पारिने बताएका छन् ।

नेपाली टिम सम्हालेपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागि प्रशिक्षक कोजीले प्रतियोगितालाई लिएर आफु उत्सुक र थोरै दबाबमा रहेको बताए ।

नेपाल रहेको समुह एमा रहेका पाकिस्तान र बंगलादेशले अन्तिम समयमा आएर प्रतियोगिताबाट हात झिकेपछि आफुलाई सेमिफाईनलमा पुग्न केही सहज हुने उनको भनाई छ ।

नेपालले आगामी २० गते ईष्ट लिस्ट विरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले २३ गते समुह चरणको दोस्रो खेलमा बु्रनाईसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी