विलफ्रेड बोनीको गोलमा स्टो सिटीको लगातार तेस्रो जित

विलफ्रेड बोनीको गोलमा स्टो सिटीको लगातार तेस्रो जित

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी , कात्तिक १६ । स्वान्सी सिटीलाई ३–१ ले पराजित गर्दै स्टोक सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
स्टोकको जितमा स्वान्सीका पूर्व खेलाडी विलफ्रेड बोनीले दुई गोल गरेका थिए । स्वान्सीका अलफी ओवसनले आत्मघाती गोल गर्दै स्टोकलाई उपहार दिए ।

स्वान्सीका लागि वेन रुटलेजले एक गोल गरेका थिए । तेस्रो मिनेटमा नै बोनीले गोल गर्दै स्टोकलाई सुरुवाति अग्रता दिलाए ।
तर ८ औं मिनेटमा रुटलेजले स्वान्सीका लागि बराबरी गोल फर्काए ।
५५ औं मिनेटमा ओवसनले आत्मघाती गोल उपहार दिएपछि स्टोकले २–१ को अग्रता लियो । ७३ औं मिनेटमा बोनीले व्यक्तिगत दोस्रो गोल गर्दै स्टोकलाई ३–१ को जित दिलाए ।

जितपछि १० खेलबाट १२ अंक जोडेको स्टोक १२ औं स्थानमा उक्लिएको छ । समान १० खेलबाट पाँच अंकमात्रै जोडेको स्वान्सी पुछारबाट दोस्रो स्थानमा छ । स्वान्सीले लिगमा अहिलेसम्म एक खेलपनि जितेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी