यसरी गरियो महाकवि देवकोटाको सम्झना

यसरी गरियो महाकवि देवकोटाको सम्झना

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं,१४,कार्तिक । सीतापाइलास्थित नागार्जुन कम्युनिकेसन, स्टेसनरी एण्ड सप्लायर प्रालिले आइतबार १०८ औं लक्ष्मीजयन्ती समारोह आयोजना गरेको छ ।कार्यक्रममा पूर्व शिक्षामन्त्री राधाकृष्ण मैनालीले नेपाली साहित्यको विकासका लागि संस्थागत प्रयासको खाँचो रहेको बताएका छन् । प्रमुख अतिथिको आसनबाट बोल्दै मैनालीले नेपाली साहित्यको विकासमा सामूहिक रुपले संलग्न हुनसके महाकवि देवकोटाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

समारोहमा स्थानीय शिशुनिकुञ्ज उच्च माविका प्राचार्य प्रकाशमान शाहीले नेपाली भाषा र साहित्यको विकासमा देवकोटाको महत्वपूर्ण योगदान रहेको बताए । साहित्यकार डा.शिवराज पाण्डेले महाकवि देवकोटाका कालजयी रचनामा स्वच्छन्दतावाद र प्रकृतिको मानवीकरण पाइने उल्लेख गरे ।

लेखक तथा साहित्यकार धीरकुमार श्रेष्ठले देवकोटा नेपाली साहित्यका शिखर पुरुष भएको बताउँदै उनका कृतिको पठनपाठन र प्रचार प्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा कवि बैरागी जेठा, रामगोपाल आसुतोष, महेश क्षितिज, रामदेव पाण्डे, कुमार अनल लगायतले आ—आफ्ना रचना वाचन गरेका थिए ।

समारोहमा महाकवि देवकोटाका कृति वाचन गरिनुका साथै उनको प्रतिमामा माल्यार्पण गरिएको थियो । नागार्जुन कम्युनिकेसनका सल्लाहकार कवि, समालोचक तथा उपप्राध्यापक महेश पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन माधव अधिकारीले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी