एन्फाद्धारा नेपाली फुटबल टोलीको बिदाइ

एन्फाद्धारा नेपाली फुटबल टोलीको बिदाइ

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, कात्तिक १४ ।

आगामी बुधारबदेखि सुरु हुने एएफसी सोलिडारिटी कप खेल्न जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ ।

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी (एन्फा)ले प्रतियोगिता खेल्न जाने टोलीको बिदाइ गरेको छ ।

एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित अरु ७ एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘ए’मा नेपाल, ब्रुनाइ र टिमोर लिस्टे रहेका छन् । यही समूहमा रहेका बंगलादेश र पाकिस्तानले प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूह ‘ए’मा तीन टोलीमात्र बाँकी रहेका हुन् ।

यस्तै, समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आगामी शुक्रबार टिमोर लिस्टेको सामना गर्नेछ भने कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ ।

एन्फाले यसअघि नै प्रतियोगिताका लागि अनिल गुरुङको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी