बोल सांसद बोल, भ्रष्टाचारको जालो खोल..! (फोटो र भिडियो सहित )

बोल सांसद बोल, भ्रष्टाचारको जालो खोल..! (फोटो र भिडियो सहित )

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौं कार्तिक १४ । चारै तिर देउसी भैलोको रौनक छ । नाच्ने गाउने कुरा घरै पिच्छे चलिरहेकै छ चोक चोकमा पनि संगीतको रंग छदैछ । तर यो एउटा त्यस्तो देउसी खेलिदै छ , जहा नाङलोमा दान र दक्षिणाको अपेक्षा गरिएको हुदैन । तर यसले समाजमा देखिएका विकृति खासगरी राजनीतिमा देखिएको कुसंस्कार र भ्रष्टाचारको विरुद्धमा यो देउसी केन्द्रीत छ । युवाहरु भन्छन् बोल बोल सांसद, भ्रष्टाचारको जालो खोल । यस्तो नारा सहित उनीहरुको नेताहरुको घरमा पुगिरहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालका कारण गठन भएको युवाहरुको साझा अभियान विवेकशील नेपालीले प्रधानमन्त्री, सभामुखको सरकारी निवास सहित नेताहरुको घरमा ब्यङग्यात्मक एवं खबरदारी देउसी भैलो खेलेको छ । आईतबार बिहान ९ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छेउमा सडकमा विवेकशील नेपाली दलको नाममा खेलिएको देउसीमा १५÷२० जना युवाहरु नेपाली झण्डा बोकेर देउसी खेलिरहेका थिए ।

bibeksil-1

विवेकशील नेपालीका एक सक्रिय कार्यकर्ता बिष्णु प्रसाद दाहालले यो भ्रष्टाचार उन्मुलन र सुसस्कृति निमार्णका लागि देउसी खेलीएको बताए । वालुवाटारमा प्रधानमन्त्री र सभामुखको सरकारी निवासको बीचमा देउसी खेल्दा बोल सासद बोल , भ्रष्टाचारको जालो खोल जस्ता नारा लगाएका थिए । त्यो देउसी कुनै दान दक्षिणाको आशाबाट गरिएको नभई राम्रो अभियानका लागि युवाहरुले पहलको रुपमा शुरु गरेका हुन् । सोही समुहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेसका युवा नेता गगन थापाको घरमा पनि देउसी खेल्ने बताएका छन् ।

deusi-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी