प्रिमियर लिगमा लिभरपुल विजयी

प्रिमियर लिगमा लिभरपुल विजयी

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी कात्तिक १४ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गतको गएराति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–२ को गोल अन्तरले पराजित गरेको छ । हरायो ।

लिभरपुलको जितमा एमरी क्यान, डिजेन लोभरेन, जोएल म्याटिप र रोबर्टो फिरमिनोले एक एक गोल गरे । क्रिष्टल प्यालेसका जेम्स म्याकअथरले दुई गोल गरे । १६ औं मिनेटमा क्यानले गोल गर्दै लिभरपुलाई सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि म्याकअथरले क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए ।

२१ औं मिनेटमा लोभरेनले गोल गर्दै अग्रता २–१ मा र्पुयाए । तर ३३ औं मिनेटमा प्यालेसका म्याकअथरले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर ४४ औं मिनेटमा म्याटिपले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–२ को अग्रता लियो ।

७१ औं मिनेटमा फिरमिनोले गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए । जितपछि १० खेलबाट २३ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । समान २३ अंक नै भएपनि गोल अन्तरका आधारमा लिभरपुल म्यानचेस्टर सिटी र आर्सनल भन्दा पछि परेको हो । १० खेलबाट ११ अंक जोडेको क्रिष्टल प्यालेस १२ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी