किकअफ फुटसल र सामाखुसी फुटसल विजयी

किकअफ फुटसल र सामाखुसी फुटसल विजयी

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, कात्तिक १३ ।

रेडबुल फुटसल लिगअन्तर्गत् आज भएका खेलहरुमा किकअफ फुटसल र सामाखुसी फुटसल विजयी भएका छन् ।

राजधानीमा जारी प्रतियोगिताअन्तर्गत् समूह ‘ए’को खेलमा किकअफले प्रवेश जोशीको ह्याट्रिकमा ढुकु फुटसल हबलाई ४–२ ले पराजित गरेको छ ।

प्रतियोगिताको एकमात्र अपराजित टोली किकअफले पाँच खेलसम्म आफ्नो विजयी यात्रा जारी राख्न सफल भएको छ ।

यस्तै आजै भएको समूह ‘बी’को खेलमा सामाखुसी फुटसलले कीर्तिपुर फुटसललाई ११–४ ले पराजित गरेको छ ।

सामाखुसीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन नवीन लामाले पाच गोल गर्दा श्याम नेपालीले ह्याट्रिक गरे ।

यो जितसँगै सामाखुसीले जारी प्रतियोगितामा आफ्नो सम्भावना कायमै राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी