भारतीय राष्ट्रपति मुखर्जिलाई स्वागत गर्नु जनकपुवासीको सौभाग्य : मन्त्री निधी

भारतीय राष्ट्रपति मुखर्जिलाई स्वागत गर्नु जनकपुवासीको सौभाग्य : मन्त्री निधी

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

जनकपुर, कात्तिक १३।

 उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक भएलगत्तै जनकपुर भ्रमणको तयारीबारे जानकारी लिनुभएको छ ।
गृहमन्त्री निधिले आज जनकपुर पुगेर जानकी मन्दिरका महन्त रामतपेश्वरलाल दास र सहायक महन्त रामरोशन दास तथा प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाँईले दर्शन र नागरिक अभिनन्दनको तयारीको व्यवस्था र सुरक्षाबारे जानकारी लिनुभएके हो ।

निधीले राष्ट्रपति मुखर्जीकोसमेत जनकपुर भ्रमणको अवसर जनकपुरवासीले पाउनु सौभाग्य भएकाले जनकपुरको वातावरण सुन्दर र शान्त राख्न आग्रह पनि गर्नुभयो । सो क्रममा स्थानीय विकासमन्त्री हितराज पाण्डे र सुरक्षा निकायका उच्च पदाधिकारी, भारतीय वाणिज्यदूत अञ्जु रञ्जन, परराष्ट्र मन्त्रालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।

भ्रमण तयारीबारे जानकारी लिएलगत्तै पत्रकारसँग कुराकानी गर्दे गृहमन्त्री निधिले नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक, भोगौलिक सम्बन्ध जनस्तरमा भएकाले भारतीय राष्ट्रपतिको भ्रमणले हरेक क्षेत्रमा राम्रो प्रभाव पार्ने बताउनुभयो ।

भारतीय राष्ट्रपतिको भ्रमणले दुबै देशबीचको सुमधुर सम्बन्ध अझ विस्तार हुने उहाले विश्वास व्यक्त गर्नुभयो ।

भारतीय राष्ट्रपति मुखर्जीको यही १९ गते जनकपुरमा जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा जनकपुर उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ