चितवन , कार्तिक १३ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने स्पष्ठ पार्नुभएके छ ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री महतले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पष्ट पार्नुभयो ।
हालै भारतमा सम्पन्न दुई देशको परराष्ट्रमन्त्री स्तरीय बैठकमा पनि नेपालको स्वार्थ र आवश्यकतालाई ध्यानमा राखेर कुरा अगाडि बढाएको भन्दै उहाले भारत गएपछि के के न गर्छन् भन्ने भ्रम चिर्न आवश्यक रहेको पनि बातउनु भयो ।
नेपाली काग्रेसका नेता समेत रहनुभएका महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध परेको महाअभियोगका बारे काग्रेस संसदीय दलले टुङ्गो लगाउने बताउनु भयो ।
उहाले न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै यसको टुङ्गो लाग्दै गर्दा कांग्रेसले पनि निर्णय लिने उल्लेख गर्नुभयो ।