काठमाण्डौं कार्तिक १३ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिले देशमा अनुहार नेपाली तर काम विदेशीको गर्ने मान्छेहरुको हातमा राजनीति गएको दावी गर्नु भएको छ ।
एमाले चार नंम्बर क्षेत्रीय कमिटिले धुम्वाराहीमा चाडपर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेले देशको हित विपरीत भईरहेको गतिविधि रोक्न प्रयास गर्ने बताउनु भयो ।
उहाले एमाले नेतृत्वको गठबन्धनलाई आश र त्रासको क्षेप्यास्त्र प्रहार गरेर भत्काईएको दावी गर्दै उहाले एमाले भारत विरोधी र चीन परस्त दुवै नभएको बताउनु भयो । साथै उहाले स्थीर सरकार विकासका लागि शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचीत कार्यकारीको पक्षमा एमाले रहेको बताउनु भयो । साथै समानुपातिक निर्वाचन प्रणालीले पनि कुनै दललाई बहुमतमा आउन नदिने भन्दै समस्या उव्जिरहने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline