बालोन डी’ओर क्रिष्टियानो रोनाल्डोले जित्नेछ : जिदान

बालोन डी’ओर क्रिष्टियानो रोनाल्डोले जित्नेछ : जिदान

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १३ कार्तिक । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यस वर्षको बालोन डी’ओर क्रिष्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन् । जिदानले अवार्डका लागि बार्सिलोनाका लियोनल मेस्सी भन्दा रोनाल्डो उपयुक्त रहेको बताएका हुन् ।

अवार्डका लागि रोनाल्डो सहित ३० खेलाडी मनोनयनमा छन् । पोर्चुगललाई युरो कप २०१६ को उपाधि दिलाएका रोनाल्डोलाई अवार्डको मूख्य दाबेदार मानिएको छ । तर यो सिजन ला लिगामा रोनाल्डोले अघिल्ला सिजनमा जस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

रोनाल्डोले रियल मड्रिडका लागि यो सिजनका ९ खेलमा चार गोल मात्रै गरेका छन् । प्रशिक्षक जिदानले रोनाल्डोले क्लब तथा राष्ट्रका लागि गरेको प्रभावशाली प्रदर्शनका कारण बालोन डी’ओर आफ्नो पक्षमा पार्ने दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी