बेड सिन दिन नाङिगनु पर्दैन , लडाउने वित्तिकै थाहा हुन्छः लामा नवनायिका

बेड सिन दिन नाङिगनु पर्दैन , लडाउने वित्तिकै थाहा हुन्छः लामा नवनायिका

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कार्तिक १३ काठमाण्डौं । अहिले विभिन्न फिल्म निर्माणको क्रम बढे सगै नया नायिकाहरुको उदय पनि त्यतिकै मात्रामा भईरहेको छ । कतिपय नायिकाहरु एक पटक पर्दामा आए पछि फेरी हराउछन् । अर्को तर्फ नायिकाहरुले ग्लामर र कथाले मागेको भन्ने नाममा केही दवावको पनि सामना गर्नु पर्ने हुन्छ भनिदै आएको छ । यस्तो भीडमा दोलखाकी पूर्णिमा लामा पनि उदाएकी छिन् बहुआयामिक प्रतिभाका साथ । मिस ऐन्जेल हुदै , गैर सरकारी संस्था मार्फत समाज सेवामा लाग्दा लाग्दै उनी अहिले हिरोज, रेमिलाई, छामो, नेप्टी जस्ता चलचित्रमा पर्दामा छाएकी छन् । उनी महिला तथा बालबालिकाको मुद्धा र सेवामा फेथ नेपाल नामको संस्थाबाट सहयोग पुर्याउदै पनि आएकी छन् । तीनै समाजसेवी नायिका लामासग‘ सार्थक महराले मिर्मिरेका लागि गरेको कुराकानीको संक्षिप्त विवरण ः

फिल्म क्षेत्रमा कसरी आउनु भयो ?

म खासमा काठमाण्डौं उच्च शिक्षाका लागि आएकी थिए । फिल्ममा रुची पनि थिएन तर विस्तारै मिस एन्जेल्समा मैले एउटा थाली डान्स प्रस्तुत गरेको थिए । सो डान्सबाट प्रभावित भएर सरहरुले मलाई मुभिको अफर दिनु भयो र स्वीकार गरेर म अघि बढे । अझ मिडिया लाईनमा आए पछि मैले धेरै बुझ्ने अवसर पनि पाए ।

कस्तो अनुभूति भयो चलचित्रको ठूलो पर्दामा आउदा ?

सानोमा दोलखाको चरीकोट चोथाङमा रहदा टिभी हेर्दा पनि अचम्म लाग्थ्यो । मान्छे कसरी त्याहा भित्र पस्यो होला जस्तो लाग्थ्यो । तर पछि सामाजिक काम र शिक्षाको विकास र आफ्नो अनुभव बढ्दै गए पछि यस क्षेत्रमा प्रवेश गर्न सजिलो भयो । ईन्टरेष्ट पनि नभएकोले रुची पनि थिएन । जब म देखिए आफैलाई कस्तो देखिएला भन्ने कौतुहलता लाग्यो । मैले अरु लाई हेर्न भने । हिरोजमा शुरुमा अभिनय गरेको हो । मलाई शुरुमा गुरुहरुले एक्ट भनेको नेचुरल हुनु पर्छ भन्नु भयो । पहिलो दिन नै करिष्मा दिदी स‘ग सुट थियो ,एक दमै कौतुहलता र डर लाग्यो । फष्ट डेमा अंगालो मार्नु पर्ने स्थिति आयो केही डर अनि धेरै खुसी लाग्यो ।

अभिनयमा फ्युचर बनाउने के छ योजना ? कहिले सम्म अभिनय गर्न सकिएला जस्तो लाग्छ ?

अब के हुन्छ भन्न सकिदैन । तर फिल्ममा अवसर पाए सम्म काम गर्दे जाने लक्ष्य बनाएकी छु । कहिले सम्म भन्दा त उमेर भनेको नमरुञ्जेल सम्म बाकी रहन्छ । बुढी हुदै जादा पनि त्यही उमेर अनुसारको भूमिका पाईएला नि ।

फिल्ममा काम गर्नु कत्तिको गाह्रो हुन्छ ?

कुनै पनि काम जब सम्म जानिदैन तब सम्म गाह्रो हुन्छ , जब सिकिन्छ तब सजिलो हुन्छ ।

पुरानो र अहिलेको फिल्ममा के फरक छ ?

धेरै फरक छ । प्राविधिक रुपमा फरक छ । पहिलाको फिल्महरु हेर्दा अझै पनि आनन्द आउछ । अहिले पनि जेनेरेसन अनुसार चेन्ज हुदै आएको छ । राम्रो नै छ जस्तो लाग्छ ।

परिवारले कति सपोर्ट गरेको छ ?

मसानैदेखि सामाजिक क्षेत्रमा लागेको हुनाले घरबाट सामान्य जिज्ञासा आयो । स्क्रीप्ट घरमा पनि स्ुनाए पछि पापा ( बाबा) ले पनि मन पराउनु भयो ) राम्रो छ भन्नु भयो । घर बाट मैले असहयोग पाएकी छैन । साथै साथीहरुबाट पनि जब म ७ कक्षामा पढ्दा जापान गएकी थिए । त्यस पछि साथीहरुले पनि राम्री छस् , बोल्न पनि तगडा छस् फिल्म खेल भन्न थालेका थिए । मैले सबैको माया र सहयोग पाएकी छु ।
ग्लामर लाई चलचित्रमा विकृतिको रुपमा प्रयोग गरिएको भन्ने छ के छ तपाईको मत ?
ग्लामर आफैमा ब्युटीफुल शब्द हो । लुगा छोटो र लामो के लाएको छ भन्दा पनि त्यसलाई कसरी हेर्ने भन्ने हो ।
बाहिर नाङगै छ तर भित्री मन राम्रो छ भने त्यो राम्रो हो ,तर भित्र नराम्रो छ बाहिर लुगाले ढाकिएको छ भने त्यो राम्रो कि नराम्रो ?
हाम्रा बाजे पुर्खाहरु कम लुगा लगाउथ, हाम्रा बुवाहरु टिसर्ट पाईन्ट लगाउन थाले , आमाहरुले धोती । यसै गरी हामीले आवस्यकता अनुसार लगाएका छौं भोलीका दिनमा हाम्रा छोराछोरीले के लगाउछन् त्यो त भन्न सकिदैन । जे होस् समय अनुसार परिवर्तन हुदै जान्छ । तर हामीले अमेरीकामा जस्तो टु पिस लगाएर हिड्ने समय छैन नेपालमा । अर्को तिर फल्म क्षेत्रमा चलचित्र विकास बोर्डले सही नीति बनाएर फिल्मलाई क्याटेगोरी छुट्याएर ग्लामरस फिल्मलाई पनि अनुमति दिनु पर्छ ।

फिल्ममा कथाले मागे जति भन्ने कुरा हुने गर्दछ ,  कथाले मागे जति दिन सकिन्छ ? 
यति भन्दा पनि समाजमा घटेका घटनाको यथार्थ चित्रण सम्म जाने हो,त्यो भन्दा माथि जान सकिदैन । तर घटना अनुसार हुन्छ। कुनै एउटा अग्रेजी फिल्म हरेको थिए । त्याहा केटी नेकेट हुन्छे तर पनि मान्छे रुईरहेका हुन्छन् । भने पछि स्टोरी भनेको त्यति मजबुत हुन्छ । यसलाई डाईरेक्टरले राम्रो स‘ग उतार्नु पर्छ । एउटा बेड सिन दिन नाङिगनै पर्छ भन्ने छैन , बेडमा लडाउने वित्तिकै बुझिहाल्छ नि नर्मल मान्छेले हैन ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी