काठमाडौ १३ कार्तिक ।
सरकारले आगामी छटलगत्तै मधेशी मोर्चाको माग सम्बोधन गर्नेगरी गृहकार्य सुरु गरेको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आगामी बुधबारबाट हुने नेपाल भ्रमण अघि नै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने गरी तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
आगामी २१ गतेसम्म चाडपर्वको मौसम भएकाले छट लगत्तै मोर्चाको माग पुरा गर्ने गरी गृहकार्य भईरहेको नेताहरुले बताएक छन् । मोर्चाले पनि राष्ट्रपति मुखर्जीको भ्रमण अघि ंविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन पाएको बताएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका क्रममा समेत मधेशको माग सम्बोधन लगायतका राजनीतिक मुद्दामा पनि छलफल हुने भएकाले मुखर्जीको भ्रमण अगावै संशोधनको प्रस्ताव दर्ता गराउने तयारीमा सरकार जुटेको स्रोतले बताएको छ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा छलफल जारी रहेकाले त्यो सँगै सरकारले संविधान संशोधनको प्रस्ताव समेत अगाडि बढाउने तयारी गरेको हो ।
चाडपर्वलाई केन्द्रीत गर्दै संसद बैठक भने आगामी २५ गतेसम्मलाई स्थगित गरेको छ ।