काडमान्डौ कात्तिक १३ । धनकुटामा पिकअप भ्यान दुघर्टना हुँदा दुईजनाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । धनकुटाको छिन्ताङ गाविसको भन्ज्याङमा को १ ज २६२२ नम्बरको पिकअप भ्यान गएराति दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
र्घटनामा परी मृत्यु हुनेमा भोजपुर होम्ताङका प्रितिमान राई र धरान उपमहानगरपालिका–१ सिखरटोलमा सुशीला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।अन्य घाइतेहरुलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline