काठमाण्डौ । पसिनाजस्तै पिसाव आउनु नियमित र शरिरको सामान्य प्रक्रिया हो । पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कने भएकाले महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।
तर हामि कहिलेकाहि घण्टौसम्म पनि रोकेर राख्ने प्रयास गछौ ,जसले संक्रमण सुरुवात हुन्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । तर यदि त्यसलाई रोक्ने कोसिस गर्नु भयो भने पत्थरी सहित बिभिन्न समस्या आउछ।
- पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले पिसाब थैलीमा पीडा हुन्छ । सुरुमा पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग¥यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।
- तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमता अनी पिसाबको उत्पादन अनुसार मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । जति बढी समय तपाईं पिसाब रोकेर राख्यो पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।
- पिसाव लाग्नेबित्तिकै नआत्तिईकन पिसाव फालिहाल्नुस् । यदि पिसाव रोके मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ र संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।
- एक पीडादायी ब्लाडर सिन्ड्रोम इन्टस्र्टिशल सिस्टाइटिस हुनेगर्छ । जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ । अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ ।
- पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पु¥याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् । यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् र मिर्गौला फेल हुन पनि सक्छ ।
- लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।
- पिसाव धेरै समय रोक्ने मान्छेलाई मानसिक रुपमा पनि समस्या देखिन सक्छ । उनीहरुलाई सुरु सुरुमा पिसाव रोक्ने गर्दा तनावभएको थाहै हुदैन ।यो क्रम बढ्दैगएपछि थोरै पिसाव आएपनि आत्तिने ,मान्छेका छेउमा बस्नडराउने , पिसवागर्दा पुरै गएको अनुभव नहुने जस्ता समस्यापनि देखिन्छन् ।
त्यसैले पानी प्रसस्त खानुहोस् र पिसाव लाग्ने बित्तिकै नरोकी फालिहाल्नुहोस् । सबै प्रकारका रोगबाट बच्न सक्नुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline