विद्यालय क्षेत्रको गुणस्तर उकास्न सरकारद्धारा सात वर्षे योजना सार्वजनिक

विद्यालय क्षेत्रको गुणस्तर उकास्न सरकारद्धारा सात वर्षे योजना सार्वजनिक

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ,१२ कार्तिक ।

सरकारले विद्यालय शिक्षाको समग्र गुणस्तर उकास्न सात वर्षे विद्यालय क्षेत्र विकास योजना ल्याएको छ ।

सहस्राब्दी विकास लक्ष्यहरु र सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजनाले निर्दिष्ट गरेका लक्ष्य प्राप्तीका लागि सरकारले योजना ल्याएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री धनीराम पौडेलले ७ बर्षे योजनामा शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्ने कार्यक्रम समेटिएको जानकारी दिनुभयो ।

विद्यालय क्षेत्र विकास योजना संविधानले सुनिश्चित गरेका प्रत्येक नागरिकको शिक्षा प्राप्तीको अधिकारको प्रत्याभूति गर्न तथा दिगो विकासका लक्ष्यहरुबाट निर्दे्शित भई विद्यालय शिक्षाको समग्र गुणस्तर उकास्न केन्द्रित हुने मन्त्री पौडेलको भनाइ छ ।

लक्षित समूह तथा क्षेत्रमा भएको विभेदलाई न्यूनीकरण गर्दे शिक्षामा पहुँच, सहभागिता तथा सिकाई उपलब्धिका दृष्टिले समावेसिता तथा समता सुनिश्चित गर्नु योजनाका मुख्य उद्देश्य छन् । सात वर्षे कार्य योजना कार्यान्वयनका लागि १० खर्ब ७० अर्ब लाग्ने अनुमान गरिएको छ ।

योजना कार्यान्वयनका लागि केन्द्रीय तहले नीति तर्जुमा गर्ने, प्रादेशिकरक्षेत्रिय तहबाट अनुगमन तथा समन्वय र सहजीकरण गर्ने तथा स्थानीय तह मार्फत पूर्णरुपमा कार्यान्वयनमा लैजाने रणनीति अंगीकार गरिएको छ ।

संघीय परिवेशअनुरुप शिक्षा क्षेत्रको राजनीतिक एवम् प्रशासनिक पुनर्संरचना गर्नु तथा लागत साझेदारीको अवधारणा अवलम्बन गरी संघ, प्रदेश र स्थानीय सरकार सबैको दिगो र सुदृढ वित्तीय व्यवस्थापना गर्नु योजनाको सुशासन र व्यवस्थापन सम्बन्धी उद्देश्य रहेका छन् ।

शिक्षामन्त्री पौडेलले संघीय व्यवस्था अनुरुपको शिक्षा विकास सम्बन्धी पहिलो दस्तावेजको रुपमा आएको यस योजनाको सफल कार्यान्वयनका लागि सहयोग गर्न सबै क्षेत्रलाई अपिल समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी