सबै दलले महाअभियोग प्रस्तावमा समर्थन जनाउने प्रम दाहालको दाबी

सबै दलले महाअभियोग प्रस्तावमा समर्थन जनाउने प्रम दाहालको दाबी

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ, १२ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थालाई नै महाअभियोग लगाउनु गलत भएपनि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कलत कदम चालेकाले बाध्य भएर संसदमा प्रस्ताव दर्ता गराउनु परेको बताउनु भएको छ ।

अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई बहुमतले पारित गराउन दवाव अभियानमा रहेका संयुक्त विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाले यसबाट सकारात्मक परिणाम निस्कनेमा भने विश्वस्त रहन आग्रह गर्नुभयो ।

महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतिर अघि बढेको भन्दै उहाले कांग्रेस, एमाले र मधेसी मोर्चा समेतसँग यसलाई सहमतिका साथ ट्ंगो लगाउने गरी छलफल भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सडक आन्दोलन मार्फत दलहरू एकठाउँमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भूमिका खेलेको भन्दै विद्यार्थी संगठनहरूलाई धन्यवाद समेत दिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा लगायतका विद्यार्थी नेताहरु प्रधानमन्त्रीको कार्यलय सिंहदरवार पुगेका थिए ।

किर्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट तत्काल पारित गर्न माग गर्दै विभिन्न ११ विद्यार्थी संगठनले दबावमुलक अभियान सञ्चालन गर्दै आएका छन् ।

उनीहरुले यसअघि सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ