शिक्षा मानिसको जन्मसिद्द नैसर्गिग अधिकार हो शिक्षाले नै ब्यक्ती, समाजको सार्बा्ङिन बिकास र रुपान्तरण सम्भब छ । शिक्षा जीबनको ज्योती हो, समाजको दर्पण हो । शिक्षा बिनाको जीवन कल्पना सम्म गर्न सकिन्न । बिश्व परिवर्तनको परिबेशलाई नियाल्ने हो भने चमत्कारीक रुप देखिन्छ ।
जापानमा अबको केही बर्ष्भित्र हरेक कलकारखाना, उधोग कार्यालयहरुमा दक्ष जनशक्तिको रुपमा रोबोटद्वारा सम्पूर्ण कार्य गर्ने लक्ष्य राखेको छ । यी सबै बिज्ञान र शिक्षाले फड्को मारेको कदम हुन । जुन देशमा शिक्षामा समानता हुँदैन, भेदभाव हुन्छ त्यस्त मुलुक अल्पबिकसित र गरिवीको चपेटामा पर्दछ ।
बिडम्बना हाम्रो देशमा पनि शिक्षामा भएका असमानताले बिकराल रुप लिदै गैरहेको छ । एउटै राज्यमा असमान शिक्षा प्रणालीले गर्दा दुई प्रकारको नागरिक उत्पादन हुँदै गैरहेको छ । जुन हामी आम नेपालीको लागी दुर्भाग्य हो । प्राइभेट बोर्डिङ स्कुलहरुमा मासिक २८००० हजार रुपैयाँ सम्म शुल्क तिर्न वाध्य छन ।
सक्नेले तिरेर पढाएका पनि छन । हुन त महंगी शुल्क तिर्दैमा पढाई राम्रो हुने पक्कै होइन । राज्यको फितलो निती र नियमले गर्दा शैक्षिक माफियहरुले ब्र्म्हालुट गरेका छन । तमाम अभिभावकहरुलाई जानकार भएर पनि आफ्नो इच्छा, आकांक्ष र चाहनालाई बन्धकी राखेर महंगी शुल्क तिर्दै पढाउन वाध्य छन ।
सरकारी बिधालयमा अभिभावकहरुको विश्वास नभएरै सन्तानको भबिष्यको लागी रगतपसिना र दिनरात श्रम गरेर आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाउनु पर्छ भन्ने चेतनाको बिकास भएको छ । आधा पेट खाली राखेर सन्तानलाई बोर्डिङ स्कुलमा पढाएको प्रशस्तै उदाहरणहरु छन । अर्को खतरनाक पाटो के हो भने महंगी शिक्षाले गर्दा भ्रष्टाचार चुलिएको छ, बसाइसराइ र बिदेशिने क्रम दिनदिनै बढ्दै गैरहेको छ । यी राज्यका लागी घाटा हुन ।
दुर्गम बस्तीका सरकारी बिधालयहरुमा त समस्याले पुरै ग्रसित छन नियमित पठनपाठन नहुने भएका शिक्षक, शिक्षिकाहरुले आफ्नो जागिरको जोहो गर्ने माध्यम मात्र बनाएका छन । कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित समाचार अनुसार तामाङ, मगर, राइ, मुसहर, मिजार जोगी र क्षेत्री समुदायको बसोबास रहेको सिरहा जिल्लाको उत्तरवर्ती टेनामोर जहा ८५ घरपरिवार छन हालसम्म उक्त बस्तीमा प्रबेशिका परिक्षा उतिर्ण गर्ने कोही पनि छैनन, धेरै जसो नौ कक्षा सम्मको अध्ययन पश्चात रोजीरोटीका लागी भारततिर जाने गर्छन् ।
त्यस्ता बस्तीमा हाम्रो राज्यको ध्यान किन जादैन ? यी अपसोच र अचम्मको बिषय हो । बिभिन्न दात्री राष्ट्रले हरेक बर्ष अर्बौ शिक्षामा अनुदान र लगानी गरिरहेको छ तर पनि ती बजेट कता बिलाउछ ? अब हामी आफै जागरुक र सचेत हुने दिन आएको छ । जबसम्म राज्यले त्यस्ता दुरदराजका बालबालिकाहरुका लागी लक्षित कार्यक्रमहरु लागु गर्दैन तबसम्म शिक्षामा गुणस्तर र परिबर्तन हुनै सकिदैन । दक्ष जनशक्ती नै देश निर्माणको खम्बा हुन तसर्थ शैक्षिक गुणस्तर बिना यी सम्भव छैन ।
शिक्षामा भएका लुटतन्त्रलाई निर्मुल गर्न जरुरी छ । अब राज्यले ढिलो नागरिकन समान र एकल शैक्षिक निती लागु गर्नुका साथै दक्ष, सक्षम र सबल जनशक्ती उत्पादनको लागी सामुदायिक र निजी बिधालयबिचको पर्खाल भत्काउन जरुरी छ ।
bikulama@gmail.com