मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व !

मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व !

- तिहार झनै महत्वको चाड

  • शुक्रबार, कार्तिक १२, २०७३
  • गोपाल ढकाल ,मनोविद

  • 11.8K
    SHARES

सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ |

शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ , आत्मबल बढाउछ , सकारात्मक मार्गमा हिडने प्रेरणा मिल्छ , सकारात्मक सोचको बिकास गरिदिन्छ | मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापी कै काम गरिरहेको हुन्छ |

चाडपपर्वको मनोबैज़ानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी चाडको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ | चाडपर्वमा खाईने मिठो मसिनोले शारिरीक स्वास्थ्य राम्रो बनाऊछ | भेटघाट र शुभकामनाको आदन प्रदानले सामाजिक स्वास्थ्य कायम राख्छ |

चाडपर्वको बेला तुलनात्मक रूपमा अपराधका घटनाहरू कम हुने गर्दछन | चाडपर्वको अवसरमा गरिने पुजापाठले मानिसलाई आध्यात्मिक रूपमा स्वस्थ्य वनाउछ | तिहार बत्ति र फुलको पर्व हो | उज्जयालो , चम्किलो र सुन्दर कुरा नै रोज यसमा रमाउने प्रयास गर भन्ने संदेश यसले दिएको हुन्छ | मानिसले अन्धायारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ | डिप्रेशनले गाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठुलै औषधीको काम गरिरहेको हुन्छ |

तिहारमा काग , कुकुर , गाई , गोरूको पुजा गर्नु भनेको उनिहरूको कामको सम्मान गर्नु हो | संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन | अरूको कदर र गुणको पुजा गर्नु पर्छ चाहिए ति पशु वा आफुभन्दा साना नै किन नहुन | यो कुराको प्रष्ट संदेश तिहारमा पाईन्छ | कसैले आफनो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढछ | कलह र बिद्रोहको कारण पनि यहि हो |

तिहारमा खेलिने देउशी भैलो मनोरन्जनको राम्रो माध्यम हो | मानसिक स्वास्थ्यका लागि मनोरन्जन ज्यादै महत्वपूर्ण हुन्छ | तिहारमा लझ्मि वा पैसाको पुजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नु पर्छ भन्ने हो | घनि वन्ने हो भने पैसाको कदर र सम्मान गर्नै पर्छ | यसो नगर्ने मान्छे कहिल्यै धनि हुन सक्दैन | भाई पुजाले त व्यक्तिको आत्मसम्मान बढाउन ठूलो काम गरेको हुन्छ |

आत्मसम्मानको कमि हुदा व्यक्तिमा बिभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन | चेलीहरू बिबाह गरि अर्काको धरमा जाने भएकाले दाजुभाई र दिदि बहिनिबिचको सम्बन्ध टाढा हुदै जानसक्ने सम्भावना धेरै हुने हुदा माईती र चेली विचको सम्बन्ध गाढा बनाई राख्न तिहार जस्तो चाडको ठुलो महत्व छ |

तिहारको मनोबैज़ानिक महत्वलाई बुझौ र यसलाई धुमधामका साथ मनाऔं | तिहारको धेरै धेरै शुभकामना |

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी