कार्तिक १२ काठमाण्डौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी कार्तिक १७ गते नेपाल आउने दिन सार्वजनिक विदा घोषणा गरे पछि सरकारको चौतर्फी आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा सबै भन्दा बढी बिरोध सरकार र प्रधानमन्त्री प्रचण्डको भईरहेको छ ।
समाजिक सञ्जाल प्रयोग कर्ताले प्रधानमन्त्रीलाई सामन्ति संस्कार लागु गरेको, पञ्चायततिरै फर्केर पञ्च प्रधान बन्नुस् जस्ता टिप्पणी गरेका छन् । तयसै गरी यो दलालीको चरम हद भएको फेसबुक तथा ट्वीटर प्रयोगकर्ताहरुको आलोचना छ ।
नया शक्ति अभियान नेपालका सयोजक डा. बाबुराम भट्टराईले ट्वीट गरेका छन् “ विदेशी पाहुनाहरुको स्वागत हुनु पर्छ , तर काम छाडेर भिक्षा पात्र थाप्दैमा सच्चा मित्रहरु खुसी होलान र ? ” ।

त्यसो त पूर्व मुख्य सचिव दामोदर गौतमले ४८/४९ साल सम्म चलेको यस्तो चलन फेरी आउनुले हामी लोकतन्त्र या गणतन्त्रको अभ्यासमा छौ कि छैनौ ? यो सामन्ति संस्कारै हो भनेर टिप्पणी गरेका छन् ।
यसै गरी काग्रेस नेता डा. राम शरण महतले अहिलेको कामकाजी समयमा विदेशी प्रमुख आउदा सार्वजनिक विदा दिर्ने निर्णय व्यवहारीक नभएको भन्दै के नेपाली राष्ट्रप्रमुखलाई विदेशमा उत्तिकै सम्मान दिन्छन् ? भनेर ट्वीटरमा लेख्नु भएको छ ।

यसै गरी हिमाल मिडियाका कनकमणि दीक्षित चाकडीबाज गणतन्त्र बनाउने षड्यन्त्र भन्दै भारत र चीनीया राष्ट्रपति आउदा विदा दिने तर श्रीलका र पाकिस्तानी आउदा किन नाई ? भन्दै आलोचना गरेका छन् ।
नेपालको आन्तरीक राजनीति र सिमा क्षेत्रमा चर्को समस्या पैदा गरीरहेको भारतीय राष्ट्रप्रमुखको भ्रमणको पूर्वसन्ध्यामा गरेको यस्तो निर्णयले सरकार आलोचनाको शिकार भएको छ ।
कतिपय फेसबुक प्रयोग कर्ताले यो राष्ट्रघाती कदम भएको पनि टिप्पणी गरेका छन् ।
