नककली नेपाली नागरिकता बनाउने भारतीय पक्राउ

नककली नेपाली नागरिकता बनाउने भारतीय पक्राउ

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक ११ काठमाण्डौं । नक्कली विवरणका आधारमा नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक श्यामलाल सरावगी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहीबार पक्राउ गरेको हो ।

महाशाखाका अनुसार भारत गुजरातका उनले झुटो विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा वंशजको नागरिकता लिएका थिए । कुलेश्वर बस्दै आएका उनी गुजरात राज्य, भाजलपुरका हुन् ।

अनुसन्धानमा उनले सन् २००९ मा भारतको निर्वाचन आयोगबाट मतदाता परिचयपत्र लिएको र उनको बाबु घनश्याम सरावगी भारतमै रहेको सूचनाको आधारमा अनुसन्धान गर्दा झुटो विवरणका आधारमा वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाण्डौैमा सयौ भारतीयहरुले घुसका भरमा नागरिकता लिएर बसेको दबर पटक पटक सार्वजनिक हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ