शिवाकोटीले आशा भोस्लेसगको स्वरमा निकाले ट्रिव्युट

शिवाकोटीले आशा भोस्लेसगको स्वरमा निकाले ट्रिव्युट

  • बिहिबार, कार्तिक ११, २०७३
  • सार्थक महरा

  • 16K
    SHARES

कार्तिक ९ काठमाण्डौं । बजारमा अमेरीकाको साउथ डाकोटामा बसोबास गदै आएका किशोर शिवाकोटिले नेपाली गीतसंगीतको क्षेत्रमा एक ऐतिहासीक इटा थप्ने उद्धेश्यका साथ “ ट्रिब्युट” नामक आधुनिक गिती एल्वम बजारमा लिएर आएका छन् । हरेक दिनजसो नेपाली गीतसंगीतको क्षेत्रमा विभिन्न विधाका गीतसंगीतहरुका एल्वमहरु विमोचन हुने गर्दछन , यो भीडमा नितान्त भिन्न र आफुलाई नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट , प्रतिभाशाली गायकको रुपमा चिनाउदै गायक शिवाकोटि प्रख्यात गायिका तथा धेरैकि स्वरकि स्वप्न गायीका आशा भोस्लेको स्वरमा र एक समयका असाध्य लोकप्रिय र बलिउडमै आफ्नो भिन्न पहिचान बनाएका संगीतकार रञ्जीत गजमेरको संगीत समावेश,सर्वजित राइको शब्द रहेको ‘गुरास फुल्यो बनैभरी ’बोलको गीत सहित अन्य ८ वटा उत्तिनै सशक्त गीतसंगीतका साथमा नेपाली संगीत आकाशमा ओझिलो पदार्पण गरेका छन ।

बाल्यावस्थामा आशा भोस्लेको स्वर सुन्दै अनि रञ्जीत गजमेरको संगीतमा आफुलाई हराउदै हराउदै आजको यो समयसम्म आइपुग्नुभएका गायक शिवाकोटिको बाल सपना कुनै समय रञ्जीत गजमेरको संगीतमा गीत गाउन पाए अनि उनलाई भेट्न पाए कस्तो हुन्थ्यो होला भन्ने उक्त सपना लाई साकार पार्दै उहाको संगीतमा गीत गाउने सौभाग्य प्राप्त गरेकाछन । सबैभन्दा रोचक कुरा त यो छ कि , भारत र नेपालमा मात्र नभएर विश्वविख्यात गायीका आशा भोस्ले संग कुनै समय गीत गाउन पाउछु होला भन्ने सपना सम्म नदेखेको बताउने गायक किशोर उनै लोकप्रिय गायीकासंग गीत प्रस्तुत गर्न सफल बनेका छन ।

bimochan

नेपालका यो समयका चर्चित र आधुनिक संगीतका क्षेत्रमा अब्बल मानिएका गायकहरुको निरन्तरको प्रयासमा पनि आफुलाई आशा भोस्लेसंग गीत गाउन नपाएका धेरै क्षणहरु छन । यो भिडमा किशोर शिवाकोटि सौभाग्यशाली ठहरीएका छन् । उनको माझिएको आवाज र गायकिले नेपाली गीतसंगीतको क्षेत्रमा उनको ओझिलो प्रवेश भएको कुरामा दुई मत देखिदैन ।

 जीवन भोगाईका कठिनतम , संघर्षशिल क्षणहरुलाई शब्दमा टपक्क टिपेर लयमा ढाल्न सक्ने सिमित कलाकारको भिडमा गायक किशोर शिवाकोटि यस अर्थमा पनि अव्वल देखिएका छन, गीतकार अनि संगीतकार को रुपमा पनि ।प्रवासमा रहदाको क्षणमा आफुले सवैभन्दा श्रद्धा गर्ने आफनो जन्मदाता पुजनिय आमा मेनुका शिवाकोटिको असामयिक निधनले शोकाकुल किशोरले यस एल्वमलाई आफ्नो आमा प्रति सर्मपण गरेका छन् । यस एल्वम भित्र समावेश‘ घरै शुन्य भो आगन शुन्य भो ’बोलको गीतले धेरैको संवेदनालाई टपक्क टिपेको छ । आफुलाई जन्मदिने आमा जसको अभावमा जीवन नै शुन्यतामा पुगेको क्षणमा सिर्जना गरीएको यस गीत नेपाली गीतसंगीतको क्षेत्रमा आमाप्रति लक्षीत गरेर सिर्जना गरीएको अत्यन्त सशक्त र उत्कृष्ट गीत भन्दा फरक नपर्ला ।

लोक आधुनिक धरातललाई समेटिएको यस एल्वमभित्र डा.नवराज लम्साल , एक नारायण भण्डारी ,कुशुम गजमेर, अम्वर तुम्वापो ,सर्वजित राई र गायक स्वयंमकै शव्द छन भने संगीतकार तर्फ रञ्जीत गजमेर,सत्यस्वरुप आचार्य , सुनिल मास्के ,किरण गजमेर र गायक स्वयंमले संगीत भरेका छन ।
यस एल्वमभित्र समावेश गीतसंगीतभित्र फास्ट ट्रयाकका गीतसंगीतहरु ,लोकआधुनिक विधा अनि वियोगान्त गीतसंगीतहरु प्रस्तुत गरीएको छ ।
सोमवार राजधानीको बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्ड मा गीतसंगीत र चलचित्र क्षेत्रका स्थापित व्याक्तित्वहरु प्रेमध्वज प्रधान , तुलसी घिमीरे ,डा.कृष्ण हरी बराल , डा.नवराज लम्साल ,संगीतकार लक्ष्मण शेषले गीतसंगीत क्षेत्रका लोकप्रिय र गीतसंगीत अनुरागी महानुभाव अनि सञ्चारकर्मीमाझ यस एल्वमको सार्वजनिकरण गर्दै संगीतकार संघका अध्यक्ष समेत रहेका संगीतकार लक्ष्मण शेषले शिवाकोटिको गायकि नेपाली गीतसंगीतको बजारमा एक अब्बल गायकिको रुपमा आएको बताउदै अवको केहिवर्षभित्रैमा नेपालका स्थापित कलाकारको स्थानमा पुग्ने विश्वास समेत व्यक्त गरे ।

binochan-2

त्यस्तै चर्चित चलचित्र निर्देशक तथा कलाकार तुलसी घिमीरेले आमाप्रति सर्मपण गरिएर एल्बम निकाल्नुनै विशिष्ट काम भएको चर्चा गर्दै यो क्षणमा अझ विख्यात गायिका आशा भोष्ले र चर्चित संगीतकार रञ्जित गजमेरको संगीतका साथमा किशोर शिवाकोटि नेपाली संगीत बजारमा प्रवेश गर्नु अझ विशिष्ट क्षण भएको बताउदै गायक शिवाकोटिको आगमनले नेपाली गीतसंगीत गर्विलो महशुस भएको बताए । साथै वरिष्ठ गायक प्रेमध्वज प्रधान तथा वरिष्ठ गीतकार डा.कृष्णहरि बरालले गायक शिवाकोटि को गायकिको उच्च प्रशंसा गरेका थिए ।

नेपाली संगीत आकाशमा आफ्नो प्रवेशनै दमदार बनाएका किशोर शिवाकोटिको एल्बम “ ट्रिब्युट” लाई भाइब्स क्रिएशनले बजारमा ल्याएको हो भने यस एल्बम मा रहेको रञ्जित गजमेरको संगीत , सर्वजित राईको शब्दमा रहेको आशा भोष्ले र किशोर शिवाकोटिको स्वरमा सुसज्जित गीत “ गुराश फुल्यो बनैभरी ” बोलको गीतको म्युजिक भिडियो पनि बजारमा ल्याइएको छ । जसलाई भुषण दाहालले निर्देशन गरेका छन भने प्रियंका कार्कि र दिपर्शनजंग राणाले यसमा मोडलिंग गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी