कार्तिक ११ काठमाण्डौं ।
संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सयोजक रहेको संघीय गठबन्धनले आगामी कार्तिक २५ गतेबाट कडा आन्दोलन गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार कार्तिक २५ गते ज्ञापन पत्र दिने , काग्रेस माओवादीसग‘ भएको तीन बुदे सहमति कार्यन्वयनको माग गर्दै दवाव दिने र त्यसको सुनुवाई नभएमा चक्का जाम , धर्ना हुदै आन्दोलन कडा पार्ने आजको बैठकमा छलफल भएको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।
बुझिए अनुसार छठ पछि तराईका जिल्लाहरु ठप्प बनाउने, काठमाण्डौंमा पनि धर्ना जुलुश जारी राख्ने जस्ता कार्यक्रम तय भएको छ ।
यद्यपि यस विषयमा अझै विस्तृत कार्यक्रम पछि तय गर्ने भनिएको छ । तर अबको आन्दोलनले सिंहदरबारलाई गलाएरै छाड्ने या तराईमा अलग बैकल्पिक सरकार बनाउने सम्मको रणनीति तय हुन सक्ने ती नेताले दावी गरेका छन् ।
अहिले सम्मको आन्दोलन र मागलाई वेवास्ता गरिएकाले अब कठोर प्रकृतिको आन्दोलन शुरु भए पछि सहजै सम्झौता गर्ने अवस्था नआउने पनि ती नेताले चेतावनी दिए ।
साथै सयोजक यादवले आज एक विज्ञप्ति जारी गरी स्थानीय तह पुनसंरचना आयोगको काम गठबन्धनलाई मान्य नहुने चेतावनी समेत दिनु भएको छ ।