आर्मी अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबलको फाइनलमा

आर्मी अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबलको फाइनलमा

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चितवन, कात्तिक ११ ।

त्रिभुवन आर्मी क्लब टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आज भएके पहिलो सेमिफाइनलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

आर्मीको जितमा खेलको ६६औं मिनेटमा सन्तोष तामाङ र ६७औं मिनेटमा राजु तामाङले एक–एक गोल गरेका थिए ।

खेलमा आर्मीका सन्तोष तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

आर्मीले अब भोली हुने अन्तिम सेमिफाइनलको विजेतासग उपाधीका लागी भिड्ने छ । भोली मनाङ–मर्स्याङ्दी क्लब र संकटा क्लब आमने–सामने हुनेछन् ।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उपविजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चितवनको फुटबलमा यो सर्वा्धिक धनराशी हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी