सत्तागठबन्धन तोड्न महाअभियोग आएको हैन : ज्ञवाली

सत्तागठबन्धन तोड्न महाअभियोग आएको हैन : ज्ञवाली

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,११ कार्तिक ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सत्ता गठबन्धन भत्काउन काकीविरुद्ध महाअभियोगको प्रस्ताव नआएको स्पष्ठ पार्नुभएको छ ।

काभ्रेपलाञ्चोकमा भएको एक कार्यक्रममा बोल्दै उहाले महाअभियोग प्रस्ताव सत्ता गठबन्धन भत्काउन आएको भन्ने तर्कको खण्डन गर्दै एमालेलाई सत्तामा कुनै रुचि नभएको दाबी गर्नुभयो ।

उहाले एमाले अबको १५ महिनापछि हुने चुनावको तयारीमा रहेको पनि स्पष्ठ पार्नुभयो ।

सचिव ज्ञवालीले कार्की्विरुद्धको महाअभियोग प्रस्तावको बारेमा कांग्रेसले उपर्युक्त समयमा सहि निर्णय लिने पनि दाबी गर्नुभएको छ ।

एउटा व्यक्तिको लागि कांग्रेस ‘सति’ नजाने तर्क गर्दै ज्ञवालीले कांग्रेसले सही समयमा सही निर्णय गर्ने अपेक्षा लिएको बताउनु भयो । लोकतन्त्रलाई नै चुनौती दिने र प्रधानमन्त्री जस्ता व्यक्तित्वलाई व्यक्तिगत रिसिईवी साधेर समानान्तर सत्ता सञ्चालन गर्न खोजेकोले कार्कीको विकल्प खोजेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ