काठमाण्डौ ,११ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न त्यहाको सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँग आज बिहान सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले बमलाई आममाफीको व्यवस्था गर्न ध्यानाकर्षण गराउनु भएको हो ।
जवाफमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्रराष्ट्र रहेकाले दुई देशबीचको सम्बन्ध र प्रधानमन्त्रीको चासोबारे युएई फर्केर छलफल गर्ने बताउनु भयो ।
भेटवार्ताका क्रममा राजदुत कक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा समेत गर्नु भएको छ ।
उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै उहाले त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताउनुभयो । प्रधानमन्त्रीले निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको प्रतिक्रिया दिनुभएको छ ।
यस्तै उहाहरुबीच नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो ।