काठमाडौ कार्तिक ११।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दै छ । बैठक राजधानीको तिन कुने स्थित संघीय समाजवादी फोरमको पार्टी कार्यालयमा विहान ११ बजे बस्दै छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न मोर्चाको बैठक बस्न लागेको हो । आजको बैठकमा मोर्चाले संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिह कार्की विरुद्धको महाअभियोगका सम्बन्धमा आधिकारिक धारणा तय गर्ने बताइएको छ ।
साथै आजको बैठकमा मधेशी मोर्चाको मागका बारेमा भइरहेको ढिलाई, आगामी रणनीतिको बारेमा पनि छलफल गर्ने मोर्चा आवद्ध दल मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
मधेशको मुद्धा संम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया छठ सम्म पनि अगाडि नबडे आन्दोलन गर्ने विषयमा पनि रणनीति तय गर्ने मोर्चाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline