विकास रनिङ सिल्डको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी र मोरङ क्लब भिडने

विकास रनिङ सिल्डको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी र मोरङ क्लब भिडने

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ कार्तिक ११ ।
चितवनको नारायणगढमा जारी विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत आज बाट सेमिफाइनलका खेलहरु सुरु हुदै छ ।

प्रतियोगिताको आज हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र मोरङ फुटवल क्लबविच प्रतिस्पर्धा हुने छ । खेल नारायणगढस्थित क्याम्पचौर मैदानमा दिउँसो साढे दुई बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको अन्तिम क्वाटर फाइनलनको खेलमा झापा ११ लाई ट्राइब्रेकरमा ३ –१ ले हराउदै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ । संकटाले अब भोली मनाङ मस्र्याङदी क्लबसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।

आगामी कार्तिक १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख पचास हजार नगद हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी