इङ्लिस लिगमा म्यानचेस्टर युनाईटेड विजयी

इङ्लिस लिगमा म्यानचेस्टर युनाईटेड विजयी

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ कात्तिक ११ ।
इङ्लिस प्रिमियर लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै विजयी भएको हो ।

खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुंवा माटाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस्तै गएराति नै भएको अर्काे खेलमा वेष्ट ह्याम युनाईटेडले चेल्सीलाई २–१ ले हराएको छ ।

वेष्ट ह्यामका लागि कोयाटे र फर्नान्डेजले एक–एक गोल गरे । चेल्सीका ग्यारी केहीलले ९० औं मिनेटमा एक गोल फर्काएका थिए । लिग कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई १–० ले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी