काठमाडौ कार्तिक ११ । पुनरनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दैछ । बैठक अपरान्ह ३ बजेका लागि सिंहदरबारमा बोलाइएको छ ।
आजको बैठकमा भुकम्पपछिको पुनरनिर्माणको कामलाई बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र पुनरनिर्माण प्राधिकरण बीचमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
साथै आजको बैठकले पुनरनिर्माणमा भइरहेको ढिलाईबारे समिक्षा गर्दै अन्य थप रणनिति समेत तय गर्ने बताइएको छ ।
यस अघि हिजो बसेको प्राधिकरणको निर्देशक समितिको बैठकमा भूकम्पबाट अति प्रभावित जिल्लामा राहतको काम करिब अन्तिम चरणमा पुगेको र बाँकी प्रभावित जिल्लामा अनुदान बितरण गर्ने विषयमा छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline