कार्तिक ११ एजेन्सी । गएराति राचीमा सम्पन्न चौथो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतलाई रोमाञ्चक खेलमा १९ रनले पराजीत गर्दे न्युजील्याण्डले सिरीज बराबरी गरेको छ । न्युजील्याण्डले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको भारत २ सय ४१ रनमा अल आउट भएको थियो ।
पहिले व्याटीङ गरेको न्युजील्याण्डले गुप्तीलको ७२ रनको मद्धतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६० रन जोडेको थियो । त्यस पछि जवाफी व्याटीङमा आएको भारत ४८.४ ओभरमा २ सय ४१ रनमा अलआउट भएको थियो । अजेन्का रहानेले भारतका लागि सर्वाधीक ५७ रन जोडे । पाच एक दिवसीयमा दुवै देशले २–२ खेल जीतेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline