संविधान संशोधन लागि सरकार क्रियासिल : लेखक

संविधान संशोधन लागि सरकार क्रियासिल : लेखक

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, १० कार्तिक।

भौतिक पूर्वाधार र यातायातमन्त्री रमेश लेखकले मधेशी तथा जनजातिहरुको माग संबोधनका लागी सरकार क्रियासिल रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

असन्तुष्ठ पक्षको माग संबोधनका लागी सरकारले गृहकार्य गरिरहेको भन्दै उहाले अबको केहि हप्तामा काम सकिने बताउनु भयो ।

सरकारको मुख्य प्राथमिकता भनेको नै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने रहेको उहाको भनाई छ ।

उहाँले संविधान संशोधनका लागि प्रमुख तीन दल र साना दलसमेतको सहभागितामा पटक–पटक छलफल भएको र सबैको सहमतिमा नै यो कार्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री लेखकले अख्तियार प्रमुख कार्की्विरुद्ध संसदमा दर्ता भएको महाभियोगका विषयमा कांग्रेसले आवश्यक प्रक्रिया र्पुयाएरमात्र निर्णय गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ