‘ तिम्रो नाउँको ’ गितबाट पहिलोपटक श्रोतामाझ आएकाछन् गायक समिर

‘ तिम्रो नाउँको ’ गितबाट पहिलोपटक श्रोतामाझ आएकाछन् गायक समिर

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाण्डौ ,१० कार्तिक ।

नवोदित गायक समिर लिम्बुको सुमधुर स्वरमा मर्मस्पर्सि गीत ‘ तिम्रो नाउँको ’ बजारमा आएको छ ।

आशिस मगरको शब्द तथा रबि लामाको संगितमा भरीएको यो आधुनिक गितको म्युजिक भिडियो देश प्रदेश म्युजिक प्रा.लिले बजारमा ल्याएको हो ।

म्यजिक भिडियोमा मोडेल रेसु श्रेष्ठ र रमन राईले अभिनय गरेका छन् । यो तिले एउटा अधुरो प्रेमलाई उजागर गर्ने काम गरेको छ ।
गायक लिम्बु भन्छन् , यो गितले कलाकारीता क्षेत्रमा रहेका दुई युवा युवतीबीचको प्रेम र बिछोडको मार्मिक कथालाई उतार्ने काम गरेको छ ।

प्रेमिकाको निधनपछि दुखित बनेको युवाले उनको डायरीमा लेखिएका मर्मस्पर्सि भावना अनी प्रेमपूर्ण शब्दहरु देखेपछि अझै वियोगमा तड्पिएर संगितको सहारा लिएको बिषयलाई समेटेकाले यो गित श्रोतामाझ लोकप्रिय हुने लिम्बुको प्रतिक्रिया छ ।

‘ तिम्रो नाउँको ’ गितमा नै पहिलोपटक स्वर दिएका उनले यो गीत लगत्तै अन्य दुई गीत पनि बजारमा ल्याउने तरखरमा रहेको बताए ।

13754651_1076085812467885_5352330368719688991_n

धनकुटामा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाउदै आएका नवोदित गायक लिम्बुले कलाकारीता क्षेत्रमा नै अबको जीवन बिताउने मिर्मिरे अनलाईनसँग प्रतिक्रिया दिए ।

स्टेज प्रोगामबाट यो क्षेत्रमा प्रवेश गरेका गायक लिम्बुले देश भित्र मात्र नभएर बिदेशी भूमिमा पनि आफ्नो प्रस्तुती देखाईसकेका छन् । उनी मलेसियाको बिभिन्न स्थानमा स्टेज प्रोगामहरुमा धेरै पटक सहभागी पनि भएका छन् ।

श्रोताको प्रतिक्रिया र माया पाए आफुले यस क्षेत्रमा छुट्टै पहिचान बनाएर आफ्नो कला र गला दिईरहने उनी बताउछन् । नवोदित गायक लिम्बुलाई हाम्रो पनि शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी