काठमाडौ १० कार्तिक ।
चितवनको नारायणगढमा जारी विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वाटरफाइनलको खेल हुदै छ ।
खेल नारायणगढस्थित क्याम्पचौर मैदानमा दिउँसो साढे दुई बजेपछि सुरु हुनेछ । आज हुने अन्तिम क्वाटरफाइनल खेलमा संकटा क्लब काठमान्डौ र झापा एघारविच प्रतिस्पर्धा हुने छ । आज खेल जित्ने टोलीले मनाङ मस्र्याङदी क्लबसँग पर्सी शुक्रबार हुने दास्रो सेमिफाइनल खेल खेल्नेछ ।
यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लब लाई २ –१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
आगामी कार्तिक १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले रु एक लाख पचास हजार नगद हात पार्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline