परराष्टमन्त्री आज भारत जाँदै

परराष्टमन्त्री आज भारत जाँदै

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, कात्तिक १०।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जाँदै हुनुहुन्छ । भोली देखि हुने नेपाल भारतसंयुक्त आयोगको परराष्टमन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री महत आज पौने १० बजे त्यस तर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

बैठकमा नेपालका तर्फबाट मन्त्री डा. महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दै हुनुहन्छ ।

परराष्टमन्त्री स्तरीय बैठक भोली हुने भए पनि परराष्टसचिव स्तरीय बैठक भने आजै बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो बैठको नेतृत्व नेपालको तर्फबाट परराष्टसचिव शंकरदास बैरागी तथा भारतको तर्फबाट विदेशसचिव एस जयशंकरले गर्नु हुनेछ ।

परराष्टमन्त्री स्तरीय बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगत देखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा. महतले बताउनु भएको छ । सो बैठकमा सहभागी भएर मन्त्री महत पर्सि शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ