काठमाडौ १० कार्तिक ।
पुनरनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दैछ । भूकम्पपछिको पुनरनिर्माण कार्यमा भइरहेको प्रगतिका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनु भएको हो ।
दिउँसो दुईबजेपछि सिंहदरबारमा बस्ने बैठकमा भूकम्पपछिको पुनरनिर्माणमा भइरहेको प्रगतिको समिक्षा, प्रभावितलाई दिने राहत तथा जनगुनासो सम्बोधन गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
बैठकले पुनरनिर्माणमा भइरहेको ढिलाईबारे समिक्षा गर्दै थप रणनिति तय गर्ने जनाएको छ । सरकारले हालसम्म भूकम्प प्रभावित कतिपय जिल्लाका पिडितलाई पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ समेत वितरण गर्न सकेको छैन ।
आजको बैठकमा प्रधानमन्त्री दाहालले पुनरनिर्माण र राहत रकम वितरणमा भइरहेको ढिलाईबारे सोधपुछ गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline