लोकमान प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष ओली सम्मलाई पत्र काट्ने तयारीमा रहेको खुलासा

लोकमान प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष ओली सम्मलाई पत्र काट्ने तयारीमा रहेको खुलासा

लोकमानका सचिवालयका सबै सदस्यहरुलाई लोकमानका सचिवालयका सबै सदस्यहरुलाई लोकमानका सचिवालयका सबै सदस्यहरुलाई हटाईयो

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कार्तिक ९ काठमाण्डौं । निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली एवं एमालेका अन्य नेताहरु र केही सभासदहरुलाई भ्रष्टाचारका विभिन्न विषयमा अनुसन्धान गर्न कर्मचारी खटाएको खुलेको छ ।
कार्कीले सानो माछा मात्र समात्ने भनेर आलोचना भईरहेका बेला प्रचण्ड देखि ओली सम्मका नेताहरुलाई नजिकबाट नियाल्न केही अनुसन्धान अधिकृत परिचालन गरेको उच्च स्रोतले जानकारी दियो ।
अब नेताहरुलाई पनि लोकमानले फसाउन सक्छन् भन्ने भए पछि उनलाई नै फसाईएको स्रोतको दावी छ ।
कार्कीले अब पत्र काट्न सक्छन् भन्ने सुईको पाएकै कारण हतार हतार महाअभियोग पेश भएको सुत्रको दावी छ । यद्यपि, स्रोतले विस्तृत विवरण दिन चाहेन ।
यसैबीच लोकमान सिंक कार्कीले नियुक्त गरेका आफ्नै छोरी सहित कर्मचारीहरुको टिमलाई नै आज अख्तियारबाट हटाईएको छ ।
महाअभियोग प्रस्ताव पेश भए पछि पनि आफ्नो सचिवालय मार्फत फाईल हेरिरहेको र सूचना लिने र निर्देशन दिने काम गरेको सार्वजनिक भए पछि उनीहरुलाई आजैबाट लागू हुने गरी हटाउनुका साथै उनीहरुको सचिवालय समेत बन्द गराईएको छ ।
त्यसरी हटाईनेमा लोकमान सिंह कार्कीकी छोरी स्वास्य विषेशज्ञ आध्या श्री,कानुनी सल्लाहकार कोमल प्रसाद घिमिरे,भानुभक्त पोखरेल बालचन्द्र आचार्य,करुणाकर मल्लिक,अनुसन्धान विज्ञ माधब खत्री,भरत शर्मा गोवर्धन श्रेष्ठ,केशब खरेल, भूमिसुधार विज्ञ हुपेन्द्रमणि केसी , अर्थ विज्ञ रामहरी अर्याल,संचार विज्ञ शरद अधिकारी रहेका छन् ।
अख्तियारका कार्यबाहक प्रमुख आयुक्त दिप बस्न्यातले सम्हाले पछि निलम्बित कार्कीकोको सचिवालयको काम गर्ने टिमलाई हटाईएको हो ।
उनीहरुलाई दिईएको कार्यलय र सबै कागजात समेत नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता गणेश कार्कीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ